बालबालिकाहरुको बृत्तिविकासमा प्रदेश सरकारले काम गर्ने

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार बालबालिकाहरुको उज्यालो भविष्य निर्माणका लागि बालबालिकाहरुको बृद्धि विकासका विभिन्न क्षेत्रमा कामगर्न तयार रहेको बताउनुभएको छ ।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा ‘‘प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्नुहुँदै मुख्यमन्त्री पौडेलले बालबालिका प्रति प्रदेश सरकार सचेत रहेको वताउनुभयो ।

हाम्रो देशका लागि प्रदेश सरकार नयाँ सरकार रहेकाले परिवर्तनको दिशामा नयाँ र रचनात्मक कामगर्न आफुहरु तयार रहेको उहाँको भनाई थियो । बालबालिकाहरुको क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकार कानूनहरुको निर्माण र कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पौडेलले वताउनुभयो । कानून र जनश्क्तिको अभावमा पनि प्रदेश सरकारले काम गरिरहेको उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बालबालिकाको क्षेत्रमा कानून वनाउँदा कार्यान्वयनमा जटिलता रहेको वताउनुभएको छ । बालबालिकाको विषयमा तीनै तहका सरकारको साझा सूचि समेत रहेको वताउँदै मन्त्री दुलालले प्रदेश सरकारलाई सचेतनाको काम गर्नमात्र अधिकार भएको उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सत्य पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य डाक्टर विमला राई पौड्याल, प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*