हेटौंडामा सुमो एक आपसमा ठोक्किदा ४ जना घाईते

हेटौंडा ३० कार्तिक, हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकीटोल तिरतिरे धारा नजिक दुई सुमो एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउँदै ना १ ज २०९४ नम्बरको सुमो र विपरित दिशाबाट गईरहेको ना १ ज ६४१३ नम्बरको सुमो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेमा १ बालक र ३ पुरुष रहेको बताईएको छ । घाइतेहरुलाई हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*