हेटौँडा,३० कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १९ को चनौटामा वेवारिसे शव फेला परेको छ ।
शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले घटनास्थलमा गएर शव हेर्दा कुहिएको अवस्थामा रहेको जनाएको छ । कुहिएको कारण शवको पहिचान हुन समस्या भएको प्रहरीको भनाई रहेको छ ।