भ्वाइस मार्ट इलेक्ट्रोनिक्सले बाड्यो उपहार नै उपहार
कार्तिक ३० गते,हेटौंडा । हेटौडा ४ पारिजातपथमा अबस्थित सामसुङ ब्राण्डको आधिकारीक बिक्रेता भ्वाइस मार्ट इलेक्ट्रोनिक्स एण्ड मोबाइलले दशै तिहार र छठलाई लक्षित गरि ल्याएको उपहार योजनाको लक्की ड्र आज गरेको छ ।
भ्वाइस मार्टले आफनै पसलको प्राङ्गणमा १ सय जना ग्राहकहरुको माझमा लक्की ड्र गरेको हो । लक्कि ड्र अन्तरगत सिरियल न का ६५५ बाबुलाल,सिरियल नं ७८८ का बिष्णु पुडासैनी,सिरियल नं २६६ का सुहाना राई,सिरियल नं ०३४ का ददिराम रेग्मी,सिरियल नं १२३ का मनोज थापाले छैटौं पुरस्कार अर्थात राइस कुकर प्राप्त गरेका छन ।
त्यस्तै सिरियल नं २२१ का बिनोद पुडासैनी,सिरियल नं ०२३ का सागर दाहाल,सिरियल नं ७८६ का दिल ब.पुडासैनी,सिरियल नं ०६० का पुष्पा गुरुङ,सिरियल नं २५२ का संगिता श्रेष्ठले पांचौ उपहार आइरन जितेका छन । लक्की ड्र मार्फत नै चौथो उपहार स्मार्ट फोन सि.नं २९९ का नविन निरौलाले प्राप्त गर्न सफल भएका छन ।
तृतिय पुरस्कार अन्र्तगत माइक्रोवेव ओभन सि.नं ०२८ का टिका प्रसाद गौतमले प्राप्त गरेका छन । द्धितिय पुरस्कार सि.नं ८०९ का पवन देवकोटाले फ्रिज जितेका छन् । कार्यक्रमको बम्पर उपहार ३२ इन्चको सामसुङ एलइडी टिभी सि.न.२६३ का मनिराज पौडेलले जितेको पसलका प्रोपाइटर पुजन कार्कीले जानकारी दिए ।
लक्की ड्र कार्यक्रममा उपस्थित हुन नभ्याएको तर उपहार जित्ने भाग्यशाली ग्राहकले मंसिर ७ गते भित्र उपहार कुपन सहित पसलमा सम्पर्क गर्न सकिने बताइएको छ । असोज देखि कार्तिक सम्म भ्वाइस मार्ट इलेक्ट्रोनिक्समा सामान खरिद गर्ने ग्राहकहरुको लागि उक्त बम्पर उपहार योजना ल्याएको थियो । प्रोपाइटर कार्कीले ग्राहकहरुका लागि हरेक फेस्टिभलमा यस्तै उपहार योजना ल्याउने बताएका छन् ।
























