पूर्वी मकवानपुरको बकैयामा एक घरमा आगलागी

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ धत्रे को एक घरमा आगलागी भएको छ । स्थानिय राजकुमार जिम्बाको घरमा गएराति आगलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिम्बाका ५ वर्षका छोरा बिनोदले घरमा आगो खेलाउँदा अचानक आगो सल्किँएर आगलागि भएको हो । जिम्बाको एक तले खरको छानो भएका घरमा आगलागि भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगो निभाइएको र कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*