बकैयामा सवारी दुर्घटना हुदा २ जना घाईते
हेटौंडा, ३ मसिंर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ मा सवारी दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् ।
बकैया गाउँपालिका वडा नंबर ५ र हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ को बिचमा पर्ने फुर्केचौर जगंलमा प्रदेश नंबर ३ ०१०२२ च ३२५० नंबर को स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फुर्केचौरबाट ठुलोदमार आउँदै गरेको स्कारपियो ब्याक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा परी चालक काठमाडौ १४ कलंकी बस्ने ४८ वर्षका कमल थापा र किर्तिपुर २ बस्ने ४१ वर्षका बलराम ढकाल घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
























