निःशुल्क आँखा शिविरमा पहिलो दिन १७१ जनाको आँखा परिक्षण
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा मंगलबार बाट सुरु भएको निःशुल्क आँखा शिविरबाट पहिलो दिन १७१ जनाको आँखा परिक्षण गरिएको छ ।
बकैया गाउँपालिका वडा नंबर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा सञ्चालित उक्त शिविरमा पहिलो दिन १६ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको वडा अध्यक्ष राजन दंगालले जानकारि दिए ।
मंगलबार बाट सुरु भएको निःशुल्क आँखा शल्यकृया शिविर बिहिबार सम्म चल्ने बताईएको छ । शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौका विशेषज्ञ डाक्टरद्वारा बिरामीको उपचार भईरहेको छ ।
























