हेटौँडामा रहेको मकवानपुर क्याम्पसमा तालाबन्दी

हेटौँडा,४ मंसिर । मकवानपुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । संघले क्याम्पस प्रशासनले गैरजिम्मेवारी ढंगबाट कक्षा ११ को केहि विद्यार्थीहरुसँग अबैध शुल्क असुल गरेको भन्दै उत्त शुल्क फिर्ता गर्नुपर्ने माग सहित तालाबन्दी गरेको हो ।

शुल्क घटाउँदै फिर्ता गर्न दिएको ४८ घण्टे म्याद सकिएपछि संघले आज विहानबाट तालाबन्दी गरेको हो । नेपाल परिक्षा वोर्डले तोकेको भन्दा रजिष्टेसन शुल्कमा एक सय र डबल दस्तुरमा दुई सय धेरै लिएपछि स्वतन्त्र विद्यार्थी युनियनले समेत विरोध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*