पुर्व मिस नेपाल खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी हस्तान्तरण
हेटौँडा । मिस नेपाल २०१८ का बिजेता श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चाकीको उद्घाटन तथा हस्तान्तरण भएको छ । कैलाश गाउपालिका ७ नंबर वडा कार्यालय र चौकी गरि दुवै भवन प्रदेश नंबर ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उद्घाटन गरेका हुन् ।
स्वस्थ्य चौकिको भवन हस्तान्तरण पछि अब चेपाङ समुदायको मात्र बसोबास रहेको उक्त बस्तीका बासिन्दाहरू सामान्य उपचार गराउन पनि घण्टौं हिँडेर मनहरी आउनुपर्ने बाध्यता हटेको छ ।
करिब ६० लाखको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवन सुविधासम्पन्न रहेको छ । स्वास्थ्य र सरसफाइसम्बन्धी चेतना अत्यन्त कमजोर रहेको उक्त चेपाङबस्तीमा चार महिनाअघि पुगेकी मकवानपुर निवासी मिस नेपाल खतिवडाले उनीहरूको अवस्था देखेर गाउँमा नै स्वास्थ्य चौकी स्थापना गर्न भवन निर्माण कार्य गरेको खतिवडाको भनाई रहेको छ । बर्थिङ सेन्टरसहित सुविधा रहने उक्त स्वास्थ्यचौकीमा अहेवसहित ५ स्वास्थ्यकर्मी खटिने मिस नेपाल खतिवडाले बताईन् ।
उक्त स्वास्थ्य चौकीमा सकेसम्म सरकारी दरबन्दीकै स्वास्थ्यकर्मीहरू रहने जनाएकी छन् । कार्यक्रममा प्रदेश सभा सदस्य द्वयमुनु सिग्देल, ओम बहादुर ग्लान जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी, हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, मनहरी र राक्सिराङ गाउपालिकाका अध्यक्ष द्वय एकराज उप्रेती, राजकुमार मल्ल लगाएतको सहभागिता रहेको थियो ।
























