मकवानपुरमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि मोटरसाईकल सहित उनीहरुलाई सार्वजनिक गरेको हा्े ।
पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नम्बर ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका वडा नम्बर ४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका वडा नम्बर ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौनीका २२ बर्षीय धिरज चौधरी रहेका छन् ।
उनीहरुलाई चितवनबाट मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा विहिबार विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
























