मकवानपुरमा ग्यास बुलेट र तेल बोकेको ट्यांकर ठोक्कीयो

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा यास बोकेको बुलेट र तेल बोकेको ट्यांकर ठोक्कीदा ट्यांकर दुर्घटनाग्रस्त बनेको छ ।

हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९६४६ नम्बरको तेल ट्यांकर र विपरित दिशाबाट आउँदै गरेको ग्यास बोकेको भारतीय नंबरको एन एल ९ ०१०९ ५०७३ नम्बरको भारतीय बुलेट ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।

दुर्घटनाबाट ट्यांकरमा क्षति पुगेको र तेल पोखिएको एसपी सिंहले बताए । घटनाबाट थप क्षति नपुगोस भनेर हाल त्यहा दमकलाई समेत तयारी अवस्थामा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*