तीन तहका सरकारबीच समन्वयको कमीले सङ्क्रमणकालको अन्त्य हुन सकेन – मुख्यमन्त्री पौडेल

 

चितवन । प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नंबर तीन को सौराहामा दुई दिने प्रदेश भेलामा उनले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा सङ्क्रमणकालको अन्त्य हुन नसकेको बताए ।

तीन तहका सरकारबीच समन्वय हुन नसक्दा समृद्धि प्राप्तिमा कठिनाइ हुने उनको भनाइ थियो । उनले भने, “समृद्धि प्राप्तिका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्ने हो त्यसो हुन सकेको छैन ।” अधिकार प्राप्तिका लागि धेरै ऐन कानून बन्न बाँकी रहेको र केही बनिरहेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति महासंघ प्रदेश नंबर तीनका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको भेलामा महासंघका केन्द्रिय अध्यक्ष सिता कुमारी सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ्ग, केन्द्रिय प्रवक्ता नवराज गेलाल, मुख्यमन्त्री पौडेलका राजनैतिक सल्लाहाकार जगन्नाथ थपलिया, नगरपालिका महासंघ प्रदेश ३ अध्यक्ष भरत वहादुर केसी, रत्न नगर नगरपालिका मेयर नारायन वनलगायत प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, सदस्यहरु तथा जिल्ला समन्वय अधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*