लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू
हेटौंडा । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएको छ। नेपालमा पनि आजदेखि अभियान विविध कार्यक्रम आयोजना गरि मनाउन थालिएको छ।
यसका अवसरमा सोमबार हेटौंडामा सबै क्षेत्रका नागरिकको प्रतिनिधित्व सहित र्याली समेत निकालीएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मुल समारोह समिति मकवानपुरको अयोजनामा हेटौंडामा र्याली निकालीएको हो ।
हेटौंडाको भुटनदेवि माध्यमिक विद्यालयको चौरबाट ससस्त्र प्रहरी, जनपथ प्रहरी, विभिन्न कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगाएतको सहभागितामा निकालीएको र्यालीले बजार परिक्रमा गरेर बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ,हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, मानव वेचविखन विरुद्धको सञ्जाल मकवापनुरका संयोजक आरती पाठक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख तथा मुल समारोह समितिका संयोजक भगवती पुणासैनीको अध्यक्षतामा भएको हो ।
हरेक वर्ष संसारभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रमको आयोजना गरि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान संचालन गरिँदै आएको छ। नेपालमा पनि ‘महिला र बालबालिकाका लागि हिंसारहित वातावरण निर्माण गरौं’ भन्ने नाराका साथ मनाउन सुरू गरिएको छ ।
























