भिरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु
हेटौंडा । इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान हेटौंडाबाट माछा बोकेर काठमाडौं जादै गरेको बा २० च ५९९३ नम्बरको बोलेरो रोकेर गाउँपालिका २ सुकौरा स्थित झरना होटल नजिक बोलेरो रोकेर सडक छेउको भिरमा पिसाब फेर्न गएका बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने अन्दाजी ३०/३२ बर्षीय सुरेश थापामगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
उनको शवलाई पोष्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताएका छन्।
























