लागूऔषध चरेस सहित मकवानपुरका दुईजना पक्राउ

हेटौँडा । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले १६ किलो अवैध लागूऔषध चरेससहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी–२ मा रहेको नागढुंगा चेक प्वाइन्टबाट मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्री पक्राउ परेका हुन् ।

नियमित चेकजाँचका क्रममा छुट्टाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए । उनका अनुसार धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३८५ नम्बरको बसमा सवार मोक्तानको साथबाट बिहीबार १४ किलो ५२० ग्राम चरेश बरामद भएको थियो ।

त्यस्तै, धादिङबाटै आएको ना १ ज ५५८२ नम्बरको टाटा सुमो गाडीमा चेकजाँच गर्ने क्रममा खत्रीले लुकाएको झोलाभित्र १ किलो ९ सय ६० ग्राम चरेश भेटिएको थियो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*