नागरिक तथा राजनीतिक अधिकार सम्वन्धी हेटौंडामा कार्याशाला गोष्ठी
हेटौंडा । नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक सांस्कृतिक अधिकार सम्वन्धी कार्याशाला गोष्ठी हेटौंडामा भएको छ । इन्सेकको आयोजनामा कार्यशाला भएको हो ।
इन्सेकका प्रदेश ३ संयोजक कृष्ण गौतमको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, प्रदेश ३ सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मकवानपुका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
























