मकवानपुरको मनकामना मन्दिर क्षेत्रको मुख्यमन्त्री पौडेलले गरे अवलोकन

हेटौंडा । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ मा रहेको मनकामना मन्दिर क्षेत्रको अवलोकन गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री पौडेलले मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर क्षेत्रको अवलोकन गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको धार्मिक तथा पर्यटकिय मध्यको एक मनकामना मन्दिर क्षेत्रलाई पर्यटकिय हिसाबले विकास गर्न सकिने सम्भावनाका बारेमा बुझ्न उक्त क्षेत्रको अवलोकन गरेको बताईएको छ ।

अनुगमनका क्रममा उनले उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावनाका बारेमा गाउँपालिका अध्यक्षसंग जानकारी समेत लिएका थिए ।

मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रको विकासका लागि प्रदेश सरकारका तर्फबाट १ करोड रुपैयाँ प्रदान गरिने समेत प्रतिबद्धता व्यक्त गरेको थिए । अवलोकन टालीमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*