मकवानपुरको बागमतीमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु

हेटौँडा,१७ मंसिर । पुर्वी मकवानपुरको वागमती गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्र्तगत वागमती गाउँपालिका वडा नंबर ५ लिलावनमा ना १ ह ६३१७ नम्बरको अटो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाग्मती गाउँपालिका ४ बस्ने ४२ वर्षीया काउलिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बाग्मती ५ लालभित्ता बस्ने १८ वर्षीया श्रीमाया घिसिङ र सोही स्थान बस्ने १२ वर्षीया मसलिमाया घिसिङ घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा ल्याइएको छ । दुर्घटनाग्रस्त अटो चालक भने फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*