प्राधिकरणले संकलन गर्नुपर्ने बक्यौता रकम एक अर्बभन्दा धेरै

शिवम सिमेन्टको मात्र १ अर्व २९ करोड बाँकी

हेटौंडा,१८ मंसिर । बिद्युत प्राधिकरण मकवानपुरले संकलन गर्नुपर्ने बक्यौता रकम एक अर्बभन्दा धेरै पुगेको छ । चालु आर्थिक वर्ष ०७६-०७७ को गत कार्तिकसम्म प्राधिकरणले ग्राहकसँग एक अर्ब ३२ करोड ६५ लाख ९७ हजार ६५ रुपैयाँ बक्यौता संकलन गर्न बाँकी रहेको पाईएको हो ।

सबैभन्दा बढी बक्यौता रकम शिवम् सिमेन्ट लिमिटेडको प्राधीकरणले जनाएको छ । लामो समयदेखी महशुल नबुझाएको यस उद्योगले मात्रै एक अर्ब २९ करोड ३६ लाख ४९ हजार दुईसय ५८ रुपैयाँ महशुल तिर्न बाँकी रहेको छ ।

त्यस्तै मनकामना क्रसर उद्योगले २३ लाख ९३ हजार नौसय ५६ , जयगणेश क्रसर उद्यागले १८ लाख दश हजार आठसय एक रुपैयाँ र शुविशु भुमी ईले १४ लाख ९९ हजार दश रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुभ उत्तम ईट्टा उद्योगले ११ लाख १४ हजार ६ सय ४४ र शम्भु रोडा उद्योगले नौ लाख ४३ हजार नौसय ७५ रुपैयाँ तिर्न बाकी रहेको बताए ।
लामो समय सम्म विद्युतको महसुल नबुझाउँनेहरुलाई कालो सुचिमा राखेर बक्यौता उठाउँने कामलाई तिब्रता दिएको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*