प्रदेश सरकारले फलफूल तथा जडीबुटीको आधुनिक नर्सरी स्थापना गर्दै

हेटौंडा । प्रदेश ३ सरकारले प्रदेशमा फलफूल तथा जडीबुटीको उत्पादन बृद्धि गर्न तथा हरियाली बढाउन अत्याधुनिक प्रविधिमा बिरुवा उत्पादन गर्नेगरी नर्सरी स्थापना गर्नेभएको छ ।

फलफूल तथा जडिबुटीको बृहत बृक्षारोपण गर्न सरकारले आधुनिक प्रविधिको “ हाइटेक नर्सरी ” सञ्चालन गर्ने भएको हो । नर्सरी स्थापनाका लागि सरकारले ६ करोड रुपैयाँ छुट्याएको जनाइएको छ । हाललाई प्रदेशका दुईवटा जिल्लामा हाइटेक नर्सरी स्थापना गर्न लागिएको जनाइएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रमालयले मकवानपुर र काठमाण्डौ जिल्लामा उच्चतम प्रविधिको प्रयोग गरेर हाइटेक नर्सरी स्थापना गर्न लागेको हो । नर्सरी यसै वर्षदेखि स्थापित हुने जनाइएको छ ।

हाइटेक नर्सरी स्थापनाका लागि मन्त्रालयले ६ करोड रुपैयाँ विनियोजन गरेको र यसै वर्षदेखि काम गर्ने तयारी गरिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिनुभयो ।

हाइटेक नर्सरीमा फलफूल र जडिवुटीका विरुवा उत्पादन गर्ने तयारी गरिएको उहाँले वताउनुभयो । प्रदेशका सवै जिल्लाका नागरिकहरुका लागि आवश्यक विरुवा हाइटेक नर्सरीबाट उत्पादन गर्ने र आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*