हेटौँडा १८ हर्नामाडीमा पहिलो पटक पिच
हेटौँडा,२० मंसिर । मकवानपुरको हेटौँडा वडा नंबर १८ मा पहिलो पटक कालोपत्रे सडक निर्माण शुभारम्भ भएको छ । उपमहानगरको आफ्नै पहल तथा बजेटमा पहिलो पटक हर्नामाडी क्षेत्रमा सडक कालोपत्रे प्रारम्भ भएको हो ।
४६ लाख रुपैँया लागतमा हर्नामाडीको रामधुनी चोकबाट ज्योती माविसम्म कालोपत्रे हुनलागेको हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष अनिल बाँनीयाले बताए ।
कालोपत्रे निर्माणको लागि उपमहानगरपालिकाले १७ लाख, स्थानीय उपभोक्ता समिति मार्फत ४ लाख तथा कालिका कस्ट्रक्सनले २५ लाख रुपैँया सहयोग गरेको छ ।
























