मकवानपुरमा साईबर अपराधको घटनामा बृद्धि

हेटौँडा,२०, मंसिर । मकवानपुरमा साईबर अपराधको घटनामा बृद्धि भएको छ । जिल्लम प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार मकवानपुरमा यो आर्थिक वर्षको हालसम्म ५१ वटा मुुद्धा परेको छ ।

यि मुद्धाहरुमध्ये अधिकांश मद्धा फेसबुकसँग जोडीएका छन् । फेक फेसबुक एकाउन्ट निर्माण गरेर ४९ जनाले अपराध गरेको भन्दै मुद्धा दायर हुँदा एउटा इन्ट्राग्राम र एक इमो सम्वन्धी मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत वर्ष मकवानपुरका ६२ वटा मुद्धा परेकोमा यो वर्षको पाँच महिनाको अवधिमानै ५१ मुद्धा पर्नुले साईबर अपराध यो वर्ष अझ धेरै हुने संभावना रहेको हो । अपराधमा सक्रियहरुले फेक आईडी निर्माण गरि नराम्रा म्यासेज गर्ने, अश्लिल फोटोहरु आफन्त तथा पीडितलाई पठाउने लगाएतका कार्य गर्ने गरेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*