दुबै मृगौला पीडित गोपालीको उपचारको लागि सहयोगको अपील
हेटौंडा,२३ मंसिर ,दुवै मृगौला पिडित मकवानपुरको थाहानगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् । थाहा नगरपालिका वडा नम्बर १ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोग मागेका हुन् ।
गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।
हामीले २० लाख उपचारमा खर्च गरिसक्यौँ, सक सम्म उपचार गरौँ भन्ने सोच थियो तर अब उपचार खर्च जुटाउन नसक्ने भयौँ सिमोनका दाजु राज गोपालीले भने,‘त्यसैले सबैसँग सहयोग मागिरहेका छौं।’ परिवार र आफन्तजनबाट केहि रकम संकलन गरेता पनि उपचारमा खर्च नपुग्ने भए पछि हाल भाई सिमानेलाई घरमै लाईलाशीस गरि राखिएको उनका बुबा सिताराम गोपालीले बताए ।
उपचारमा भर्ना बाहेक थप २० देखि २५ लाख रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ । तर त्यति धेरै पैसा जोहो गर्न सकिरहेका छैनौँ । गोपालीको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ । गेपालीलाई सहयोग गर्न चाहनेले सिमानेका दाई राज गोपालीको मो। ९८६२७२९४५१ र बुबाको मो।९८५५०७२११० मा सम्पर्क गर्न सकिनेछ ।
























