बेनामे उजुरीलाई आधार बनाइ विकासको काम रोक्न खोज्नु दुखको कुरा – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आतंक सृजना गरेको बताएका छन् । विकास निर्माणका कार्यमा अख्तियारले पत्र काट्नाले विकासको काम अघि बढ्नै नसकेको जिकरि समेत मुख्यमन्त्री पौडेलले गरे ।

सोमबार हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले भ्रष्टाचार विरुद्दको अन्तराष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले अख्तियारले बेनामे उजुरीलाई समेत आधार बनाएर विकासको काम रोक्न पत्र पठाउनु दुखको कुरा भएको बताए । उनले अख्तियारमा उजुरी पर्दैमा गरिराखेको विकास निर्माणका काम छाड्नु नहुने पनि सुझाव दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरूण नेपाल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल,प्रदेश ३ का प्रमुख सचिव तोयम राय लगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।

अन्तरक्रियामा मकवानपुर जिल्लामा यस आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडामा भ्रष्टाचार सम्बन्धि एक सय ३३ वटा उजुरी परेको जानकारी दिइयो । यी उजुरी मध्ये ९८ वटा फर्छयौट हुन बाँकी रहेको पनि जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*