हेटौंडा अस्पताल दुईवर्ष भित्रमा तीन सय वेडको बन्दै
हेटौंडा । मकवानपुरको हेटोंडा अस्पताल अवको दुईवर्ष भित्रमा तीन सय वेडको वनाउन लागिएको छ । सबै भौतिक पूर्वाधार निर्माणको काम सकिए लगतै अस्पताललाई तीन सय वेडको वनाउन लागिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो । दुईवर्ष भित्रमा हेटौंडा अस्पतालको नयाँ डिजाइन सहितको संरचना निर्माण गरिसक्नेगरी नक्सा तयार भएर काम थालिएको छ ।
शिक्षा क्षेत्रमा अगाढी वडीसकेको मकवानपुर जिल्लामा अव स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउनका लागि काम थालिएको हो । अस्पलातका डाक्टर श्रेष्ठको नेतृत्वमा स्वास्थ्यमा धेरै खालका सुधारका काम भईहरहेका छन् । अस्पतालमा विरामीको थामि नसक्नु भिड हुँदे गएको छ । पहिले निजी अस्पताल, क्लीनकमा जाने विरामी अस्पतालमा आउन थालेका छन् ।
कुनै समय यहाँ आउने बिरामीलाई तुरुन्तै अन्त पठाइन्थ्यो । पहिले सामान्य रोगको समेत उपचार गर्न नसक्ने अवस्थामा पुगेको थियो । अहिले यहाँ बिरामीको चाप बढिरहेको छ । अस्पतालले सेवामा सुधार ल्याएकाले चाप बढेको हो । स्तरोन्नतिसँगै विशेषज्ञ तथा चिकित्सक संख्या वृद्धि गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शल्यक्रिया गराउनेको संख्या बढेको अस्पताल विकास समितिले जनायो । एक वर्षअगाडि सम्म हेटौंडामा अप्रेसन हुँदैन भनेर चितवन वा काठमाडौं बिरामीहरूलाई लैजाने गरेका थिए ।
हिजोआज हेटौंडामा अन्य जिल्लाबाट बिरामी आउने गरेबाट पनि अस्पतालको सेवामा सुधार आएको दाबी अस्पताल विकास समितिले गरेको छ । अहिले बारा, रौतहट, पर्सा र चितवनको लोथर र पिप्लेसम्मका बिरामीहरूलाई उपचारका निम्ति यहाँ ल्याउने गरिएको छ ।
























