सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३

सिन्धुपाल्चोक ,  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो ।
हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए  । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*