हेटौंडाको पारिजातपथमा १ सय १४ वटा विरुवा रोपियो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को पारिजातपथमा आज वृक्षारोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले पारिजात पथ क्षेत्रमा वृक्षारोपण गरेको हो ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विरुवा रोपरेर कार्यक्रमको सुरुवात गरेका थिए । पारिजातपथ क्षेत्रको सडकको दायाँ, बायाँ क्षेत्रमा १ सय १४ वटा विरुवाहरु रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देल,वडा नंबर ७ का वडा अध्यक्ष राजन थापा लगायतको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रलाई फूलै फूलको शहरका रुपमा विकास गर्न लागेको छ ।
























