हेटौंडामा यात्रुसँग बढी भाडा असुल्ने एक पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोल स्थित सुमोपार्कमा यात्रुसँग निर्धारित टिकट दर भन्दा बढी रकम असुल्ने एक जना पक्राउ परेका छन् ।
आईतबार मकवानपुर प्रहरीले सुमोपार्कमा हेटौंडा बाट काठमाण्डौं जाने यात्रुसँग निर्धारित टिकट दर भन्दा बढी रकम मागी,नदिने यात्रुहरुलाई जबर्जस्ती सुमोबाट ओराली रहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नंबर १ पिपलबोट बस्ने वर्ष २९ को रामचन्द्र मोक्तानलाई पक्राउ गरेको हो ।
पक्राउ परेको मोक्तानको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























