मकवानपुर सहित देशभर अत्याधिक चिसो बढ्यो

हेटौंडा । गत शुक्रबार देखि मकवानपुर लगाएत देशभर चिसो ह्वात्तै बढेको छ । देशको विभिन्न स्थानमा गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो ।

मकवानपुर सहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । बजार क्षेत्रहरुमा चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।

अत्याधिक चिसो बढेकोले नियमित कामकाजमा समेत प्रभाव परेको छ । आज बुधबार बिहान मकवानपुरको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो । बुधबार दिउँसो भने तापक्रम १५ डिग्री सेल्सियसमा रहेको छ ।

देशको मध्यपूर्वी तराईमा जाडो बढेसँंगै जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ ।

मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ। यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले चिसो झनै बढाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*