महराको पुनरावेदन रीटमाथि आज सुनुवाई हुँदै
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन रीटमाथि उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंको आदेश खारेजीको माग राख्दै महराले पुनरावेदन दिएका थिए । महराको पुनरावेदनपछि उच्च अदालतले अनुसन्धान देखि थुनामा राख्न दिइएको आदेशको विवरण माग गरेको थियो ।
जिल्ला अदालतबाट विवरण प्राप्त भए पछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदनको सुनुवाई गर्दैछ । जिल्ला अदालत काठमाडौंले प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पुपुक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरालाई संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा थुनामा राखिएको छ ।
१२ असोज राति महराले ती महिला कर्मचारीलाई बलात्कार प्रसास गरेको आरोप लागेपछि १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । तर, महराले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।
























