प्रहरी निरीक्षक काफ्ले प्रदेश ३ भित्रका उत्कृष्ट प्रहरी
हेटौंडा, ४ पुस, प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरि बाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रदेश तीन प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नंबर प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्ले रहेका छन ।
काफ्लेले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आगजानीमा तथा चन्दा संकलनमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको साथै लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट काम गरी आमजनताको गुनासोलाई प्रभावकारी ढंगबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक काफ्लेलाई प्रदेशभरीबाट उत्कृष्ट प्रहरीको घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।
























