हेटौंडामा लाइसेन्सको प्रयोगात्मक परिक्षा आजबाट सुरु

हेटौंडा । प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक परिक्षा सुरु गरेको छ ।

प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडाबाटनै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज भने मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको हो । मोटरसाईकल र स्कुटरको ट्रायल दिएका अधिकांश परिक्षार्थी अनुत्रिण भएका छन् । परिक्षा दिएका मध्य थोरै मात्र प्रयोगात्मक परिक्षामा पास गर्न सफल भएका छन् ।

आजको परिक्षामा ५ सय १० जनाले ट्रायल दिएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । आज मोटरसाईकलको ट्रायल ३ सय ८१ जनाले दिएका छन् भने ६९ जनाले स्कुटीको ट्रायल दिएका हुन् । कारको लिखीत परिक्षा भएपनि ट्रायल भने पछी गरिने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*