हेटौंडा क्याम्पसका विद्यार्थीद्धारा बनभोजमा बचेको रकम मामाघर नेपाललाई सहयोग

हेटौंडा । हेटौंडा क्याम्पस , हेटौंडाका वि।एड तेस्रो वर्षका विद्यार्थीहरुले वनभोज जादा बचेको रकमको सामान मामाघर नेपाललाई प्रदान गरेका छन् ।

विद्याथीहरुले बनभोजबाट बचेको ४ हजार बराबरको सामान दाल ५ केजि,लुगा धुने साबुन १ कार्टुन ,नुहाउने र भाडा माझ्ने साबुन १-१ दर्जन ,मसला ४ केजि,जुत्तामा लगाउने पोलिस १ दर्जन,चोखोपन र मन्जन २-२ पाकेट मामाघरलाई हस्तान्तरण गरेका छन् ।

सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय रहेको मामाघर नेपाल यस्तै दान, चन्दा ,उपहार र सहयोगमा संचालित परोपकारी सामाजिक संस्था हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*