मोटरसाईकल दुर्घटना हुदा मकवानपुरको बागमतीमा एक जनाको मृत्यु
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ७ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका वर्ष २३ का अमर घलान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
सोमबार राति झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको बा ९९ प ३३३१ नंबरको मोटरसाईकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक घलानको मृत्यु हो । घलानको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।
























