निर्मल माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौँडा , हेटौँडा १९ बस्तीपुरको श्री निर्मल माध्यमिक विद्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

( रक्तदान जिबनदान ) भन्ने मुल नाराका साथ विद्यालयको ४४ औँ बार्षिक उत्सबको अवसरमा सो कार्यक्रमको आयोजना गरीएको हो ।

युवा रेडक्रस सर्कल निर्मल बहुमुखी क्याम्पस कमिटीद्धारा आयोजित सो कार्यक्रममा कुल ४४ जनाले रक्तदान गरेको आयोजक कमिटीका अध्यक्ष सरोज अर्यालले जानकारी दिनुभयो ।

निर्मल बहुमुखी क्याम्पस व्यवस्थापन समितीका उपाध्यक्ष बिष्णुहरी पण्डितले रक्तदान गरी समुद्धघाटन गर्नुभएको सो कार्यक्रममा मकवानपुर जिल्ला रेडक्रस सोसाइटीका सदस्य राजु घले , बसामाडी उपशाखाका अध्यक्ष राजकुमार भेटवाल ,विद्यालय व्यबस्थापन समितीका अध्यक्ष इन्दिरा तामाङ तथा बिबिएस तहमा अध्ययनरत बिभीन्न छात्रछात्राहरुले रक्तदान गरेका छन् ।

पछिल्लो समय सामाजीक कार्यमा बस्तीपुरका युवाहरुको सक्रियताले सम्पुर्ण युवावर्गमा सकारात्मक सन्देश जाने जील्ला रेडक्रस सोसाइटी बसामाडी उपसाखाका अध्यक्ष राजकुमार भेटवालले बिश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*