हेटौंडाको ठिंगनमा देखियो आगोको मुस्लो, हवाईजहाज दुर्घटना भएको हुनसक्ने स्थानियको अनुमान
हेटौँडा,९ पुस । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ ठिंगनको बतासे डाँडा क्षेत्रमा आगोको मुस्लो देखिएको छ । स्थानीयहरुले आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका छन् ।
उनीहरुले उक्त क्षेत्रमा हवाईजहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका हुन् । मकवानपुर प्रहरीको एक टोली घटनास्थलमा हिडेको छ । मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीका अनुसार प्रहरीलाई घटनास्थल पुग्न करिब २ घण्टा लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको जानकारी दिए।
























