मकवानपुरमा कुनै हवाई दुर्घटना भएको छैन ः त्रिभुवन विमानस्थल
हेटौंडा,पुस ९ । मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले स्पष्ट पारेको छ ।
मकवानपुरको गढी गाउँपालिका ७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको आशंका गरिएको थियो ।
स्थानीयवासीले ठूलो आवाज आएकोले दुर्घटना भएको हुनसक्ने बताए पनि त्यस्तो कुनै दुर्घटना नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
























