भ्रमण वर्ष २०२० को तयारी तिब्र , हरेक पर्यटकिय स्थलमा पर्यटकलाई भव्य स्वागत गरिने
मकवानपुर– मकवानपुरमा भ्रमण वर्ष २०२० को स्वागतको भव्य रुपमा तयारी भईरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख एवम् भ्रमण वर्ष जिल्ला समितिका अध्यक्ष रघुनाथ खुलालले विभिन्न संघसंस्थाहरुलाई समेत समेट्दै भ्रमण वर्षको भव्य रुपमा स्वागत गर्ने तयारी भईरहेको जानकारी दिनुभएको हो ।
भ्रमण वर्षलाई सफल बनाउन जिल्ला स्तरीय तथा पालिका स्तरीय तयारी भएको उहाँले जानकारी दिनुभयो । जिल्ला स्तरमा तथा पालिका स्तरममा छुट्टा छुट्टै कार्यक्रम गरिने प्रमुख खुलाले बताउनुभएको छ । भ्रमण वर्षकै सन्दर्भ पारेर बुधबार बसेको जिल्ला सहजिकरण समितिको बैठकमा समेत भ्रमण वर्ष सफल बनाउने विषयमा पालिकाका अध्यक्ष÷उपाध्यक्षहरुसंग बृहत छलफल भएको प्रमुख खुलालले बताउनुभयो । उहाँको अनुसार जिल्लामा भ्रमण वर्षसंग जोडेर विभिन्न कार्यक्रमहरु समेत संचालन हुने तयारी समेत भएको छ ।
बैठकले भ्रमण वर्ष २०२० लक्षित गरेर जनवरी १ मा जिल्ला स्तरमा हेटौंडाको शहिद स्मारकमा र पालिका स्तरमा हरेक पालिकामा आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत कार्यक्रम, ईन्द्रसरोवरमा पर्यटन वर्ष स्तम्भको शुभारम्भ, ईन्द्रसरोवर गाउँपालिकाद्धारा ईन्द्रसरोवर तालमाथि प्याग्लाईडिङ गर्ने र स्थानीय संस्कृति झल्कने सास्कृतिक कार्यक्रम, प्रत्येक स्थानइि तहको कार्यालयमा विभिन्न पर्यटकिय गन्तव्यको फोटो सहित फ्ल्यास बोर्ड राख्ने, प्रत्येक स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका पर्यटन स्थलहरुमा पुग्ने बाटो सरसफाई र मर्मत सम्हार गर्ने निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै माघ १० गते मकवानपुर गढीमा भ्रमण वर्षलाई जोडर विजय उत्सव मनाउने, हेटौंडाको सहित स्मारकमा माघ १० देखि १६ सम्म सहिद सप्ताहा भ्रमण वर्ष लक्षित गरि मनाउने, मनहरीको लोथर, थाहाको टिस्टुङ, ईन्द्रसरोवरको हुमाने भञ्ज्याङ, र बागमतिको झुरझुरेमा होडिङ बोर्ड सम्बन्धीत स्थानीय तहले राख्ने मकवानपुर जिल्लामा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको बोसियर तयार गरि प्रकाशन गर्ने ÷ व्यानर तयार गर्ने, भ्रमण वर्ष २०२० को लोगो सहितको क्याप टोपि तयार गरेर वितरण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
























