सिस्नेरी सुमो दुर्घटनामा ५ को मृत्यु ४ जना घाइते
११ पुस, हेटौंडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा ५ जनाको मुत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका घर भएका २१ बर्ष मनिल विक र २० बर्षकी सृजना विक रहेका छन भने बाकि ३ जनाको सनाखत भएको छैन ।
दुर्घटनामा परि चालक हेटौंडा–१७ का अनिल बिक,सर्लाहीका रञ्जित रिजाल, रौतहटका माधब नारायण नगरपालिकाका जैसा शाह र गरुडा नगरपालिकाका नन्दकिशोर शाह घाइते भएका छन । उनीहरूको उपचारको लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।
























