हेटौंडाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाबन्दि
हेटौंडा, १२ पुस, मकवानपुरको हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अनेरास्ववियुले पुस ७ गते (सोमबार) बाट अनिश्चतकालिन तालाबन्दी गरेको छ ।
पुस ५ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय,वन संकाय हेटौंडाले लिएको प्रवेश परीक्षामा मेरीट छनोट गर्दा निजी क्याम्पसलाई प्रोत्साहन दिन गत वर्षको नियमलाई परिवर्तन नगराई छात्रवृति पाउनु पर्ने विद्यार्थीहरुको हक अधिकारहरुलाई उल्लङ्घन गरि पूर्व जानकारी बिनै प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनोट गरेको भन्दै सोमबार बाट अनेरास्ववियुले अनिश्चतकालिन तालाबन्दी गरेको अनेरास्ववियु कृषि तथा वन विज्ञान संकायका कार्यवाहक अध्यक्ष अंकित खतिवडाले बताए ।
शुक्रबार विज्ञप्ती जारी गर्दै काब अध्यक्ष खतिवडाले प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनोट गरेको भन्दै योग्यताक्रममा माथिल्लो स्थानमा रहेका विद्यार्थीलाई युडिएफ या निजि क्याम्पसमा भर्ना गर्न बाध्य बनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अनेरास्ववियु कृषि तथा वन विज्ञान संकायका कार्यवाहक अध्यक्ष अंकित खतिवडा, अनेरास्ववियु क्रान्तिकारी कार्यवाहक अध्यक्ष दिपेन्द्र कोईराला र अनेरास्ववियु क्याम्पस कमिटी कटारी अध्यक्ष युवराज भण्डारीद्धारा जारी विज्ञप्तीमा विश्वविद्यालयले निर्धारर्ण गरेको मेरिट कोटा पूर्णरुपमा मेरिटकै रुपमा कायम गर्न माग गरिएको छ । विज्ञप्तीमा उक्त माग पुरा नगरेको खण्डमा संघर्षका थप कार्यक्रमहरु सशक्त रुपमा अघि बढाईने चेतावनी दिईएको छ ।
























