देवकोटाको अध्यक्षतामा १३ नयाँ कार्यसमिति गठन

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लि को १६ औं वार्षिक साधारण सभाबाट नारायण प्रसाद देवकोटा अध्यक्ष भएका छन्, । देवकोटाको अध्यक्षतामा १३ नयाँ कार्यसमिति गठन गरिएको छ ।

संघको उपाध्यक्षमा मेनुका दाहाल, सचिवमा दिनेश उपाध्याय,कोषाध्यक्षमा बिमल ढकाल, सह सचिवमा शर्मिला श्रेष्ठ रहेका छन्, । संघको सदस्यहरुमा पदेन सदस्य बद्रीप्रसाद लम्साल, रण बहाुदर कार्की,बिमला कार्की, श्रमिक लामा, नवराज अर्याल, राजु गौतम, भोगेन्द्र लुईटेल, नुर प्रसाद गौतम रहेका छन्, । संघको लेखा समितिको संयोजकमा मदनकुमार दाहाल र सदस्यहरुमा हेम प्रसाद न्यौपाने र विजयसागर श्रेष्ठ रहेका छन्, ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा भएको १६ औं वार्षिक साधारण सभामा जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्घ उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, उद्योग संघका अध्यक्ष नवराज अर्याल लगायतको अतिथ्यता रहेको थियो । सभा संघका अध्यक्ष बद्री प्रसाद लम्सालको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*