सोमालियामा कार बम बिस्फोट हुँदा ७६ को मृत्यु

पुष १३  – अफ्रिकी राष्ट्र सोमालियामा शनिबार बिहानै कार बम बिस्फोट हुँदा ७६ जनाको मृत्यु भएको छ। राजधानी मोगादिशुमा बिहानीको व्यस्त समयमा कार बम बिस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटमा परेर ७० भन्दा बढी घाइते भएका छन्।

शनिबारको घटनापछि सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाही फर्माजोले उक्त घटनाप्रति दुख व्यक्त गर्दै जिहादी समूहका कारण देश कहिल्यै विकास नहुने बताए।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्। यद्यपी त्यस क्षेत्रमा अल सबाब शसस्त्र समूहले हिंसा मच्चाउँदै आएका छन्।

अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेका छन्।

राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि केही क्षेत्रमा अझै अल सबाबकै नियन्त्रण छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*