गुम्बाडाँडामा ल्होसारको अबसरमा सास्कृतिक कार्यक्रम हुने

हेटौँडा,१३, पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नबर १३ ठुलो थलिमा रहेको गुम्बा डाँडामा माघ १२ गते सोनाम ल्होसार कार्यक्रम अन्र्तगत सास्कृतिक कार्यक्रम हुने भएको छ ।

आज हेटौँडाको न्युज कलब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम आयोजक मुल समारोह समितिकी संयोजक संगिता बल वाईबाले कार्यक्रमले तामाङहरुको सस्कृतिलाई जगेर्ना गर्ने र गुम्वाडाँडालाई पर्यटकीय स्थल बनाउनको लागि पहल गर्ने बताईन् ।

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रममा देशका चर्चित कलाकारहरु विशाल काल्नान तामाङ, जितु लोप्चन ,अञ्जन दाहाल तथा प्रकाश लामा र स्थानीय कलाकार शुशिल थिङ, धिरेन लामा तथा महेन्द्र तामाङ लगाएतले पनि प्रस्तुती दिने उनले बताइन् ।
सास्कृतिक पहिचान जगेर्ना गर्नेगरि गर्न लागिएको कार्यक्रमले उक्त क्षेत्रको पर्यटननलाई समेत टेवा पुराउने उनको भनाई रहेको छ । कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ ।

करिब ३ लाख रुपैँया खर्च हुने कार्यक्रममा ५० वटा खानाको स्टलहरु रहेन आयोजकले जनाएको छ । सास्कृतिक कार्यक्रम अबलोकनको लागि करिब २० हजारसम्म दर्शकहरु आउने अनुमान समेत आयोजकको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*