हेटौँडा जेसिजको उपाध्यक्ष पदमा विकेशलाल श्रेष्ठले दिए उम्मेद्वारी

हेटौँडा,१४ पुस । हेटौँडा जेसिजको सन् २०२०को उपाध्यक्षमा मकवानपुरका सफल ब्यवसायी विकेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् । मकवानपुरको सबैभन्दा पुरानो जेसिजको रुपमा रहेको जेसिजमा श्रेष्ठले सन् २०१८ प्रवेश गरेका थिए ।

मकवानपुरको विभिन्न सामजिक तथा खेलकुद गतिविधिमा सक्रिय रहेका उनी समाज सेवाको काममा अघि सरिहाल्ने युवा हुन् ।
खेलकुदमा पनि फुटबलको विकासमा उनको महत्वपूर्ण ध्यान जाने गरेको छ भने युवा सचेतनाको कार्यक्रमहरुमा उनी सधै अग्रसर हुने गरेका छन् । जेसिजलाई समाजसेवाको माध्यमको रुपमा विकास गर्नको लागि पनि आफुले उम्मेद्वारी दिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*