बलात्कार अभियोगमा पक्राउ ‘सिद्धबाबा’ ३ लाख धरौटीमा छुट्ने

इनरूवा, १४ पुष । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदास ३ लाख धरौटीमा छुट्ने भएका छन् ।

सुनसरी चतराका गिरीको मुद्दामा २ दिनसम्म चलेको थुनछेक बहस सकिएपछी सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।

जिल्ला अदालत, सुनसरीका न्यायाधीश मुख्य न्यायाधीश राधाकृष्ण उप्रेती को एकल इजलासले उनलाई ३ लाख धेरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीको मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको थियो ।

श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले कृष्णबहादुर गिरी धरौटीमा रिहा गरिने बताए ।

काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*