भ्रमण वर्षको उद्घाटनमा ४ देशका पर्यटनमन्त्री आउने निश्चित
काठमाडौँ । बुधबारदेखि सुरु हुने भ्रमण वर्ष २०२०को उद्घाटन समारोहमा चार देशका पर्यटनमन्त्री आउने निश्चित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा चीनका पर्यटन मन्त्री लु शुगाङ, भारतका पर्यटन राज्यमन्त्री प्रहलाद सिंह पटेल, जमैकाका पर्यटनमन्त्री एडमण्डल बर्लेट र म्यान्मारका पर्यटनमन्त्री आने माउङ आउने निश्चित भएको छ ।
सरकारले बुधबार भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी गरिरहँदा छिमेकी देशका पर्यटनमन्त्री समारोहमा आउने निश्चित भएको हो ।
कार्यक्रमकै लागि भुटानको पर्यटन बोर्डका महानिर्देशक नेपाल आइसकेका छन् ।
रंगशालामा हुने भव्य कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ३ बजे उद्घाटन गर्ने कार्यतालिका छ । त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ ।
























