मुख्यमन्त्री पौडेललाई अभद्र व्यावहार गर्ने पक्राउ
पौष १५ हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोन मार्फत अभद्र व्यावहार गर्ने एक जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवनगरी टेलिफोन गरेर अभद्र व्यावहार गरेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीले नुवाकोट तावि गाउँपालिका वडा नम्बर ३ वस्ने पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई हिजो दिउसो पक्राउ गरिएको र आज अनुसन्धान गरिने महाशाखाका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो । मुख्यमन्त्री पौडेललाई टेलिफोन मार्फत तथानाम भनेर अपशव्द प्रयोग गरेका थिए ।
























