पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

१७ पुस,नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो।

हवाई ईन्धन र एलपी ग्यासको मूल्य हालकै यथावत राखिएको निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*