हेटौडामा बजाजको एक्स्चेन्ज अफर

हेटौडा । हेटौडा उपमहानगरपालिका १० टिसिएनमा अवस्थित होराइजन अटो प्रा.ली. बजाज शोरुमले पुष १५ गते देखि एक्सचेन्ज अफर ल्याएको छ।

मकवानपुरमा रहेर बिगत १४ वर्षदेखी सेवा दिदै आइरहेको शोरुमले ग्राहक वर्गकै लागि भनेर अफर ल्याएको शोरुमका संचालक राजुरत्न्न बज्राचार्यले बताएका छन।

पटक–पटक ल्याईएको विभिन्न अफरबाट ग्राहकहरु सन्तुष्ट भएकोले यसपटक पनि ल्याइएको अफरमा हरेक कम्पनीका पुरानो मोटरसाइकल ल्याएर नयाँ बजाजको मोटरसाइकल लैजान सकिने भएको छ।

पुरानो मोटरसाइकलको मुल्यांकन १५ हजार गरिएको र थप रकम समेत दिने गरि संचालित अफरमा ग्राहकहरु पूर्ण सन्तुष्ट हुने विश्वास रहेको संचालक बज्राचार्यले बताएका छन ।

उनको जानकारी अनुसार १ सय सिसिदेखि ४ सय सिसि सम्मका मोटरसाइकल हेटौडामा पाइने र फाईनान्स सुविधा भएको र हरेकले खरिद गर्दा यसपाली आकर्षक उपहार र डिस्कभर बाईक को खरिदमा सिमित समयका लागि ३२ ”  Samsung Led TV को स्किम रखिएको छ ।

पुष १५ गते देखि संचालित अफरमा बिहिबार सम्म करिब ५० जना भन्दा बढी एक्स्चेञ्ज गरिसकेको जानकारी संगै एक्सचेन्ज अफर यहि १९ गते सम्म रहने संचालक बज्राचार्यले बताएका हुन् ।

हेटौंडामा नै प्रथम पटक ल्याईएको ४ सय सिसिको डोमिनर मोटरसाइकल योग्य सापकोटाले बुकिङ गरेका थिए भने सोहि मोटरसाइकल संचालक बज्राचार्यले हस्तान्तरण समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*