प्रदेश तीन सरकारले उच्च शिक्षाको लागि छोरी-बुहारीलाई छात्रावृत्ति दिने

हेटौँडा,१८, पुस । प्रदेश नंबर ३ सरकारले उच्च शिक्षा पढनको लागि छोरी – बुहारीलाई छात्रावृत्ति दिने भएको छ । प्रदेश नंबर ३ को सामजिक विकास मन्त्रालयले अघि सारेको योजना अनुसार उच्च शिक्षा पढन चाहने छोरी बुहारीलाई छात्रावृत्तिको लागि सहयोग गर्ने छ ।

प्रदेश नंबर ३ को सामजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरी–बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । निर्देशनालयले सूचना जारी गरेर छात्रवृत्तिका लागि २५ पुसभित्र आवेदन आह्वान गरेको हो ।

प्रदेश नं ३ भित्र बसोबास गरेर स्नातक र स्नातकोत्तर पढिरहेका छोरी र बुहारीहरूलाई छात्रवृत्ति दिइने निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए । उनको अनुसार अनुसार प्रदेश नं। ३ भित्र स्थायी बसोबास गरिरहेका छोरी वा अन्यत्र यहाँ विवाह गरी आएका बुहारीलाई प्रमाणित प्रतिलिपिसहित आवेदन दिन आह्वान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*